प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले एमाले आक्रोसित, बोलायो संसदीय दलकाे बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो । सोही विषयमा महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतामाथि प्रहार भएको भन्दै विरोध जनाउन प्रतिनिधिसभा सदस्यहरूको ध्यानाकर्षण गराएका थिए । बैठक दिउँसो १ः ३० बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति सर्वभौम संस्था संसदको अपमान हो । संसदीय सार्वोच्चताको बर्खिलापमा उहाँको अभिव्यक्ति आएको छ । उहाँको अभिव्यक्तिलाई लिएर छलफल गर्न बैठक बोलाएको हो । उहाँको अभिव्यक्तिलाई लिएर संसदमा समेत विरोध जनाउँछौं । यसबारे उहाँले सदनलाई जवाफ दिनुपर्छ’, उनले भने ।
सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले सरदार सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली पटक पटक गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया