नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७७ कम्पनीको ५३ हजार १०३ पटक कारोबारमा ८० लाख ९२ हजार ९६९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार रूपैयाँको कारोबार भएको छ ।
आजको सबै उपसमूहका उपसूचक घटेका छन् । घटेका उपसमूहरूमा सबैभन्दा धेरै जीवन बीमा ३.३१ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.९०, विकास बैंक १.६८, वित्त १.०७, होटल तथा पर्यटन १.५३, जलविद्युत २.३३, लगानी २.१६, उत्पादन १.९३, माइक्रोफाइनान्स २.१८, म्युचल फण्ड ०.२३, नीर्जीवन २.७५, अन्य २.३७ र व्यापार १.२३ प्रतिशतले घटेको छ ।
आज दुइ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिटी हटल र रावा इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै विपिडब्ल्यु लघुवित्त र मोदी इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिभव् सिमेन्टको १६ करोड ४९ लाख १२ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख ८८ हजार, सोल्टी होटलको ९ करोड ५७ लाख ७४ हजार, स्वाभलम्बवन लघुवित्त ८ करोड १४ लाख ७७ हजार र हिमालयन डिष्टिलरीको ७ करोड ६१ लाख ८८ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया