प्रतिनिधिसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा राजीनामा मागेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी बसेको बैठक सुरू हुनादा एमाले र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
‘सभामुख महोदय प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको छ । उहाँको अभिव्यक्ति लेण्डुप प्रवृत्तिको नेपाली संस्करण हो । भारतले बनाएको प्रधानमन्त्रीलाई पदमा बस्ने कुनै अधिकार छैन । उहाँले पदबाट राजीनामा नदिएसम्म योे सदन चल्न दिने छैनौं’, उनले भने ।
विपक्षी दलको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले आदा घण्टाको लागि बैठक स्थगित गरेका छन् । यसअघि बसेको राष्ट्रिय सभाको बैठक पनि एमालेको अवरोध भएपछि स्थगित भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया