प्रतिनिधिसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा राजीनामा मागेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी बसेको बैठक सुरू हुनादा एमाले र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
‘सभामुख महोदय प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको छ । उहाँको अभिव्यक्ति लेण्डुप प्रवृत्तिको नेपाली संस्करण हो । भारतले बनाएको प्रधानमन्त्रीलाई पदमा बस्ने कुनै अधिकार छैन । उहाँले पदबाट राजीनामा नदिएसम्म योे सदन चल्न दिने छैनौं’, उनले भने ।
विपक्षी दलको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले आदा घण्टाको लागि बैठक स्थगित गरेका छन् । यसअघि बसेको राष्ट्रिय सभाको बैठक पनि एमालेको अवरोध भएपछि स्थगित भएको थियो ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया