NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

सीजी डिजिटलको नयाँ शोरुम भक्तपुरको गट्ठाघरमा

काठमाडाैं । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सीजी डिजिटलको २३औं शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ ।

भक्तपुरका समाजसेवी तथा भूतपूर्वमंत्री महेश बस्नेतको हातबाट बुधबार उक्त शोरुमको उद्घाटन भएको हो ।  सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु LG, CG, TCL, Godrej, Sensei, Midea, Beko, Black+Decker, Kent, Elica, Pigeon, Crompton लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु उपलब्ध छन् । जसअन्तर्गत LED TV, Washing Machine, Refrigerator, Micro Wave Oven, Vacuum Cleaner, Dishwasher, Air Purifier, Music System, Rice Cooker, Mixture Grinder, Smart Domestic Appliances, Smart Home Appliances लगायतका थुप्रै सामानहरु रहने छन् ।

ग्राउण्ड फ्लोरको  २२५०  sq. ft. एरियामा बनेको सीजी डिजिटलको शोरुम, गट्ठाघर चोकको  मुख्य व्यापारिक केन्द्रमा पर्छ । जहाँ निशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

भक्तपुरको  स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन  र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्य  सहित यो शोरुम संचालन गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार दक्ष र अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ०७: ३० बजेसम्म सञ्चालन हुने छ।

कम्पनीका अनुसार उक्त सीजी डिजिटल शोरुममा ओपेनिङको विशेष छुट, ० प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टहरुका साथै एक्सचेञ्ज अफरकोको पनि सुविधा रहेको छ। साथै Product Live Demo, Cooking Class र  Preventive Maintenance Service (PMS)को पनि  व्यवस्था गरिएको कम्पनीले जनाएको छ  ।

सोरूमबारे थप जानकारी लिनुपरेमा ग्राहकले ०१-५९१३१८२, ०१-५९१३१८३  हरुमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौं बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर  र  पोखरामा पनि सीजी डिजिटल  शोरुम सञ्चालन गरिसकेको छ । योसंगै भक्तपुरको गट्ठाघरमा खोलिएको  यस सी जी डिजिटल  शोरुम अब २३औ शाखा रहने छ । आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न  शहरमा विस्तार गरिने पनि जानकारी गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष