NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सिटिजन्स बैंकको थप पाँच शाखा सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ सञ्चालनमा ल्याएको हो ।

योसंगै बैंकको १८८ वटा शाखाहरु संचालनमा आएको बैंकले जनाएकत्र छ । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १०  र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् ।

सुविधा सम्पन्न यस शाखाहर मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले मर्यादित ढङ्ग बाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराइदिन निर्देशनसमेत दिएका छन् ।

सुशासन , कम्पलाइन्स र प्रुडेन्ट बैंकिङमा ध्यान दिदै ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहने गरी काम गर्न सो समरोहमा प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरुलाई आग्रह गरे । ‘भित्र सिस्टम : बाहिर ईमेज’ सिटिजन्स बैंकको मूल नारा हुनु पर्ने भनाई पनि उgले उक्त समरोहमा व्यक्त गरे ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट  करिव १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।