NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

आज दस वर्षयताकै लामो दिन र अत्यधिक गर्मी हुने

काठमाडौं। आज दस वर्षयताकै लामो दिन रहेको छ । आज जुलाइ ६ का दिन पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको हो ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको र पृथ्वी सूर्यको सबैभन्दा टाढा पुग्ने गर्दछ । यसलाई Aphelion (सूर्यदुरूस्त) APO =टाढा, Helios=सूर्य, भनिन्छ ।  पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर रहेको छ । पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भइरहन्छ ।

परिणामस्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन जान्छ । जबकि सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ । परिणामस्वरूप यस समयमा दक्षिण ध्रुव भन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ ।

आज पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।