ल्याब दर्ता गराउन ५० हजार घुस लिने टेकुका प्राविधिकविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ल्याब दर्ता गराउने नाममा उनले ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा भेटेपछि आयोगले उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनलाई भूष्टाचार निवारण ऐन, २०५९ को खफा ३ को उपदाफा(१) को देहाय(ख) बमोजिम कैद सजायसहित बिगो जरिवानाको माग गरिएको छ ।
भट्टराईले सेवाग्राहीसँग घुस मागेकोबारे उजुरी परेसँगै आयोगको टोलीले अनुसन्धान गरेको थियो ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया