भवन सम्पन्नको सिफारिस दिन घुस लिने वडाध्यक्ष अख्तियारको फन्दामा

काठमाडौं । भवन निर्माण सम्पन्न् भएको सिफारिसका नाममा ५० हजार रुपैयाँ घुस लिने वडाध्यक्ष सबदुल मियाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सप्तरीस्थित अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मियाँले सिफारिस दिनका लागि सेवाग्रहीसँग ५०हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो । उनले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीकोे लागि सिफारिस गरिदिने प्रयोजनमा घुस मागेका थिए ।
सोही उजुरीमाथि अनुसन्धान गर्दा आयोगले उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई उक्त रकमको बिगो जरिवानासहित कैदसजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया