भवन सम्पन्नको सिफारिस दिन घुस लिने वडाध्यक्ष अख्तियारको फन्दामा
काठमाडौं । भवन निर्माण सम्पन्न् भएको सिफारिसका नाममा ५० हजार रुपैयाँ घुस लिने वडाध्यक्ष सबदुल मियाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सप्तरीस्थित अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मियाँले सिफारिस दिनका लागि सेवाग्रहीसँग ५०हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो । उनले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीकोे लागि सिफारिस गरिदिने प्रयोजनमा घुस मागेका थिए ।
सोही उजुरीमाथि अनुसन्धान गर्दा आयोगले उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई उक्त रकमको बिगो जरिवानासहित कैदसजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया