NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अपर स्याङ्गेको आइपीओ बाँडफाँट, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५३ हजार ९ सय ५० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । त्यस्तै २ हजार ३९९ जनाको आवेदन रद्द भएको छ ।

उक्त आइपीओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

आइपीओको नतिजा हेर्नका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट  https://www.siddharthacapital.com/,सिडीएससीको मेरो शेयरको वेबसाइटhttps://meroshare.cdsc.com.np/#/login ,सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सक्नेछन् ।