खानेपानी ट्यांकी निर्माणमा भ्रष्टाचार गर्ने हुम्लाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरुद्ध मुद्दा
काठमाडौं । हुम्लाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित निर्माणाधीन खानेपानीको ट्यांकीमा उनले भ्रष्टाचार गरेको पाइएको हो ।
उक्त ट्यांकी निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रकम विनियोजन भएको थियो । उपभोक्ता समितिलाई जिम्मा दिइएको उक्त काम आधा बाँकी हुँदै ट्यांकी निर्माण काम सकियो भनेर पेश गरिएको फर्जी बिलमा शाहीले भरपाइ गरिदिएको पाइएको हो ।
यसबारे अनुसन्धान हुँदा शाहीले हुँदै नभएको काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई, थप मूल्यांकन गरेर भुक्तानी स्वीकृति दिएको भेटियो ।
उनले राज्यकोषमा ६ लाख ४८ लाख ७८६ रुपैयाँ नोक्सानी पुर्याएको दाबी गर्दै सोही रकमको बिगो जरिवानासहित कैद सजाय माग गरिएको छ ।
आयोगले शाहीसँगै गाउँपालिकाका इन्जिनियर मानबहादुर एडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, तत्कालिन वडाध्यक्ष हरिहर उपाध्याय, उपभोक्त समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया