सेयरबजारमा २८ अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ८७ कम्पनीको ७३ हजार ४४६ पटक कारोबारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रूपैयाँको कारोबार भएको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । बढेका उपसमूहरूमा सबैभन्दा बढी व्यापार ४.१ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.६८, विकास बैंक १.५९, वित्त २.१०, होटल तथा पर्यटन ४.६३, जलविद्युत ०.००, लगानी २.१५, जीवन बीमा १.८०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.०५, म्युचल ०.३८, नीर्जीवन २.३५ र अन्य २.७५ प्रतिशतले बढेको छ ।
आज रावा इनर्जी विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै अप्पर तामाकोशी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको १८ करोड ६० लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको १६ करोड ३६ लाख ५१ हजार, सोल्टी होटल लिमिटेडको १४ करोड ८ लाख ४८ हजार, अरूण काबेली पावरको १२ करोड १ लाख ९८ हजार र अप्पर तामाकोशीको १० करोड ६२ लाख ६८ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया