कक्षा ११ को छात्रवृत्तिका लागि कामपाद्वारा अनलाइन आवेदन आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शैक्षिक संस्थाले सञ्चालन गर्ने कक्षा ११ मा छात्रवृत्ति वितरण गर्न आवेदन आह्वान गरेको छ ।
बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो ।
शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम आह्वान गरिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।
आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ । छात्रवृत्ति छनोट परीक्षा आगामी साउन २० गते बिहान ११ बजदेखि १ बजेसम्म सञ्चालन हुने कामपाको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया