कक्षा ११ को छात्रवृत्तिका लागि कामपाद्वारा अनलाइन आवेदन आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शैक्षिक संस्थाले सञ्चालन गर्ने कक्षा ११ मा छात्रवृत्ति वितरण गर्न आवेदन आह्वान गरेको छ ।
बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो ।
शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम आह्वान गरिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।
आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ । छात्रवृत्ति छनोट परीक्षा आगामी साउन २० गते बिहान ११ बजदेखि १ बजेसम्म सञ्चालन हुने कामपाको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया