५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्ति हुने

काठमाडौं । परराष्ट्रमन्त्री एपी साउदले सरकारले रिक्त रहेको राजदूत नियुक्ति गर्दा कम्तिमा ५० प्रतिशत परराष्ट्र सेवाबाटै लिइने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै साउदले रिक्त स्थानमा राजदूतहरू नियुक्ति प्रक्रिया अघि बढिसकेको दाबी गरेका हुन् ।
‘राजदूत नियुक्ति सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ,’ उनले भने, ‘कम्तिमा ५० प्रतिशत राजदुत नियुक्ति परराष्ट्र सेवाबाटै लिइने जानकारी गराउन चाहन्छु ।’
क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई, कुबेत, स्थायी नियोग न्यूयोर्क तथा जेनेभामा राजदूत रिक्त रहेको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया