NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दोहोरो अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले घटेर दुई हजार २० दशमलव ९३ अङ्कमा कायम भएको हो ।

आज विभिन्न दुई सय ९६ कम्पनीका ५७ हजार ६४५ पटक कारोबारमा ९३ लाख ८२ हजार ४४० कित्ता खरिदबिक्री हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रूपैयाँको कारोबार भएको छ ।

बिहीबार तीन उपसमूहबाहेकका सबै उपसमूह रताम्मे भएका छन् । बैंकिङ ०.३१, होटल तथा पर्यटन ०.१९ र म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा विकास बैंक १.६१, वित्त २, जलविद्युत १.८८, लगानी ०.७६, जीवन बीमा १.१२, उत्पादन ०.६५, माइक्रोफाइनान्स ०.०५, नीर्जीवन १, अन्य ०.८३ र व्यापार १.६७ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक २३ करोड ७५ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको १७ करोड ९२ लाख ९४ हजार, हिमालय लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख ९ हजार, नेपाल टेलिकमको ११ करोड ८४ लाख ४८ हजार र चिलिमे हाइड्रोपावरको ७ करोड ५० लाख ९० हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।