युएईबाट युरोपतर्फ तस्करी हुँदै नेपाली युवा
काठमाडौं । वैदेशिक रोजगारीमा युएई पुगेका भोजपुरका सूर्यबहादुर थापाले चार वर्ष ट्याक्सी चलाए । उनको आम्दानी पनि राम्रै थियो । यही समयमा उनका साथीहरू युएईबाट युरोपतिर प्रवेश गर्न थाले । अझ बढी आम्दानी र परिवार पनि लैजाने पाउने भएपछि उनले पनि युरोप जाने योजना बनाए । योजनाअनुरूप नै आबुधाबीस्थित अनन्तरा कन्सल्टेन्सीमार्फत उनी ६ महिनाअघि माल्टा पुगे । माल्टा जानका लागि उनले कन्सल्टेन्सीलाई करिब पाँच लाख रुपैयाँ बुझाएको बताए । ‘सबै साथीभाइ गए । युरोपमा राम्रो आम्दानी हुने र परिवारलाई पनि सेटल गराउन सकिने भएकाले म माल्टा आएको हो,’ उनले अनलाइनबाट भने, ‘तर, सोचेजस्तो सहज अवस्था भने रहनेछ ।’
नवलपरासीका गंगाराम घिमिरे पनि आठ वर्षदेखि युएईमा ट्याक्सी चलाउँथे । राम्रो आम्दानी भए पनि सानो गल्ती ठूलो रकम जरिवाना भुक्तानी गर्नुपर्ने भएपछि उनी युएईको विकल्प खोज्दै थिए । त्यहीवेला उनलाई माल्टा जाने अफर आयो । आबुधाबीस्थित दरबार कन्सल्टेन्सीलाई करिब सात लाख बुझाएर उनी माल्टा पुगेको पनि आठ महिना भयो । तर, सोचेअनुसारको काम भने नपाइएको उनले गुनासो गरे । ‘युरोपमा काम गर्नका लागि अस्थायी बसोवास कार्ड चाहिन्छ । तर, कार्ड बनाउन धेरै समय लाग्ने, कार्ड नबनेसम्म काम गर्न नपाइने, खान र बस्नका लागि आफैँले व्यवस्था गर्नुपर्ने भएपछि सोचेअनुसारको आम्दानी हुन नसकेको उनले बताए ।
थापा र घिमिरेजस्तै पछिल्लो समयमा दुबईलाई ट्रान्जिट बनाएर नेपाली युवा युरोप तस्कर हुने क्रम बढ्न थालेको छ । दलालहरूले कतिपय युवालाई नेपालबाट नै युरोप लैजाने भन्दै दुबई हुँदै युरोप पुर्याउँछन् भने कतिपय युएईमा नै रोजगारी गरिरहेका युवालाई आकर्षक आम्दानीको लोभ देखाएर युरोप लगिरहेका छन् । युएईबाट जाँदा प्रक्रिया सहज हुने हुँदा दलालहरू पनि युएईमा नै सक्रिय भएका हुन् । युएईबाट करिब २२ हजार दिराम (करिब आठ लाख)सम्म भुक्तानी गरी दलालहरूले नेपाली युवालाई युरोपका विभिन्न मुलुकमा पठाउने गरेका छन् । विशेष गरी माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोसिया, पोल्यान्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवा तस्कर भइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया