आज भारी वर्षाको सम्भावनाः आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत तराई क्षेत्रका थोरै स्थानमा हवाहुरीको सम्भावना रहेको छ ।
आज दिउँसो देशभर बदली रहनुका साथै सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा भारी वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रका साथै दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भन्दै सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया