भोलिदेखि लागू हुनेगरी बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?
काठमाडाैं । आगामी साउन महिना (भोलिदेखि) लागू हुने गरी वाणिज्य बैंकहरूले नयाँ ब्याजर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले भद्र सहमति (ब्याजदरमा गर्दै आएको कार्टेलिङ) खारेज गरेसँगै वाणिज्य बैंकहरूले आ–आफ्नो अनुकल ब्याजदर निर्धारण गरेका छन् ।
साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार एनएमबिले मुद्दति निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै प्राइम बैंकले १०.९३, नबिल बैंक १०.४९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
अन्य वाणिज्य बैंकरूमा कुमारी बैंक १०.०१, एभरेष्ट बैंक १०, हिमालय बैंक ९.९९, ग्लोबल आइएइ बैंक ९.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.९९, सिटिजन्स बैंक ९.९९ प्रतिशत ब्याजर निर्धारण गरेको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंक ९.९९, कृषि विकास बैंक ९.५१, सिदार्थ बैंक ९.५, प्रभु बैंक ९.५, सानिमा बैंक ९.२५, नेपाल एसबिआइ बैंक ९.१, माछापुछ्रे ९, राष्ट्र वाणिज्य बैंक ८.९९, नेपाल बैंक ८.९९ र स्टान्डटर्ड चार्टड बैंकले ८.९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया