चालु आवको अन्तिम कारोबार दिन दोहोरो अंकले नेप्से बढ्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव ०९ अङ्कमा कायम भएको हो ।
आज विभिन्न दुई सय ८६ कम्पनीका ३९ हजार ३७ पटक कारोबारमा ७१ लाख ८४ हजार २५४ कित्ता खरिदबिक्री हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको छ ।
आइतबार पाँच उपसमूहबाहेकका सबै उपसमूह बढेका छन् । घटेका उपसमूहरूमा वित्त ०.१४, होटल तथा पर्यटन ०.२२, जलविद्युत ०.७३, जीवन बीमा ०.०६ र व्यापार ०.१७ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा बैंकिङ १.३३, विकास बैंक ०.५४, लगानी ०.६३, उत्पादन ०.४४, माइक्रोफाइनान्स ०.९७, म्युचल २.०६, नीर्जीवन ०.९६ र अन्य ०.४२ प्रतिशतले बढेको छ ।
आइतबार सनराइज फोकस्ड इक्युटी फण्डको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै लिवर्टी इनर्जीका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक १९ करोड १३ लाख ११ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख ४५ हजार, माउन्टेन इनर्जी नेपाल ९ करोड ८४ लाख ९१ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ६२ लाख ७४ हजार र एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख ९८ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया