NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक लाइभ [भिडिओ]

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको हो।

यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए।

एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।