NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यी समस्याहरुका लागि अचुक कालो मरिच

काठमाडौं । कालो मरिच सबैको घरको भान्सामा उपलब्ध हुने एक प्रकारको मसला हो । आयुर्वेदमा यसको छुट्टै महत्व छ । तर, हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कालो मरिचले विशेष फाइदाहरु दिने गर्दछ। आज हामी कालो मरिचबाट हुने फाइदाहरुका बारेमा जानकारी गराउछौँ ।

१. क्यान्सरबाट छुटकारा पाउन
कालो मरिचमा क्यान्सरसँग लड्न सक्ने गुण हुनुका साथै यसले क्यान्सर लाग्न दिँदैन । तसर्थ कालो मरिच र बेसारको सेवन गर्नाले क्यान्सर जस्तो भयानक रोगले आर्कमण गर्न सक्दैन । मरिचमा भिटामीन सी, भिटामीन ए, क्यारोटिन लगायत अन्य किटाणु नासक गुण लुकेको हुन्छ जसले शरीरमा क्यान्सर लगायत अन्य रोगहरु लाग्न दिँदैन ।

२. पाचन शक्ति बलियो बनाउन

कालो मरिचले पाचन शक्ति बलियो बनाउनुका साथै पेटलाई सफा पार्ने काम गर्छ । दैनिक रुपमा आफ्नो खानामा कालो मरिचको प्रयोग गर्नाले खानालाई पचाउन मद्दत पुर्याउँछ र पाचन प्रक्रिया बलियो हुन्छ ।

३. रुघा-खोकीबाट छुटकारा दिलाउँछ
कालो मरिचमा प्राकृतिक रुपले नै किटाणुनाशक गुण आबद्ध हुन्छ, तसर्थ यसको सेवन गर्नाले रुघा-खोकी निको हुन्छ । एक चम्चा महमा एक चिम्टि मरिचको धुलो मिसाएर सेवन गर्नाले रुघा-खोकी निको हुन्छ । यसले धुलो तथा धुवाँका कारण छातीमा हुने समस्या, फ्लू तथा भाइरल शंक्रमणबाट छुटकारा दिलाउन ठूलो भूमिका खेल्छ । यसमा आबद्ध भिटामीन सीले किटाणुनाशकको समेत काम गर्छ ।

४. छालाको सुरक्षा गर्छ

छालालाई सुन्दर बनाउन चाहिने गुण मरिचमा अन्य चिजबिज भन्दा बढी हुन्छ । थोरै मह र दहीमा कालो मरिचको धुलो एक चिम्टि मिसाउनुहोस् र खानुहोस् । यसले रक्त सञ्चारलाई नियमित बनाउने तथा छालामा अक्सिजनको मात्रा उपलब्ध गराउँछ। खानामा कालो मरिचको प्रयोग नियमित रुपले गर्नाले छालाको चाउरीपना तथा डण्डीफोर आउँदैन ।

५. डिप्रेशनबाट छुटकारा मिल्छ
कालो मरिचको प्रयोगले डिप्रेशन जस्तो भयानक रोग लाग्न पाउँदैन । यसले ब्रेनलाई सहज बनाउनुका साथै सक्रिय समेत बनाउँछ । यसका साथै कालो मरिचलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । मरिचको धुलो दुधमा मिलाएर प्रत्येक बिहान सेवन गर्नाले मांशपेशी जन्य रोग लाग्न पाउँदैन र शरीरमा स्फुर्ती प्राप्त हुन्छ ।