डिशहोमले राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने
काठमाडौँ । डिशहोमले नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्थानीय प्रतिभालाई बढावा दिन र चेस खेललाई प्रवर्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित FIDE चेस वल्र्ड कप 2023 मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो ।
FIDE चेस वल्र्ड कप 2023 बाकु, अजरबैजानमा, 30 जुलाई देखि 24 अगस्ट सम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।
कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोष मार्फत आर्थिक सहयोग गर्ने भएको हो । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउने विश्वास लिईएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया