डिशहोमले राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने

काठमाडौँ । डिशहोमले नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्थानीय प्रतिभालाई बढावा दिन र चेस खेललाई प्रवर्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित FIDE चेस वल्र्ड कप 2023 मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो ।
FIDE चेस वल्र्ड कप 2023 बाकु, अजरबैजानमा, 30 जुलाई देखि 24 अगस्ट सम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।
कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोष मार्फत आर्थिक सहयोग गर्ने भएको हो । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउने विश्वास लिईएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया