कांग्रेस केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने
काठमाडौं । मंगलबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।
यस अघि ३३ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । आजको बैठकमा पनि बाँकी रहेका सदस्यहरुले धारणा प्रस्तुत गर्नेछन् । कांग्रेसमा १५६ केन्द्रीय सदस्य छन् ।
जारी केन्द्रीय कार्यसमिति बैठक सभापनि शेरबहादुर देउवा आफैंले सञ्चालन गरिरहेका छन् । बैठकमा एक जना केन्द्रीय सदस्यले बोल्न ६ मिनेट समय तोकिएको छ । समय सुरु भएको छैटौं मिनेटमा जनाउ घण्टी बन्छ, सातौं मिनेटमा माइक काटिन्छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया