NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेस केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । मंगलबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

यस अघि ३३ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । आजको बैठकमा पनि बाँकी रहेका सदस्यहरुले धारणा प्रस्तुत गर्नेछन् । कांग्रेसमा १५६ केन्द्रीय सदस्य छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठक सभापनि शेरबहादुर देउवा आफैंले सञ्चालन गरिरहेका छन् । बैठकमा एक जना केन्द्रीय सदस्यले बोल्न ६ मिनेट समय तोकिएको छ । समय सुरु भएको छैटौं मिनेटमा जनाउ घण्टी बन्छ, सातौं मिनेटमा माइक काटिन्छ ।