प्रेमको चर्चाबीच फेरि एकसाथ देखिए आदित्य र अनन्या
एजेन्सी । बलिउडमा यतिबेला अभिनेता आदित्य रोय कपूर र अभिनेत्री अनन्या पाण्डेको प्रेमको चर्चा छ । हालै पोर्चुगलको एक रेष्टुरेन्टमा सँगै बसेको आदित्य र अनन्याको तस्बिर भाइरल भएको थियो ।
उनीहरू दुई फेरि एकपटक सँगै देखिनुले यो चर्चालाई बल पुर्याएको छ । उनीहरु मुम्बईको बान्द्रामा एउटै कारमा सँगै घुमिरहेका देखिएका थिए । यस क्रममा अनन्याले भने पापाराजीको नजरबाट बच्ने प्रयास गरिन् । अनन्याले अनुहारमा हात राखेर अनुहार लुकाएकी थिइन् । यससँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

तस्बिरमा अनन्या आफ्नो अनुहार लुकाउन कोशिस गर्दैछिन् जबकि आदित्य उनको अगाडि आएका पापाराजीबाट चिन्तित छैनन्। फोटोमा आदित्य मुस्कुराउँदै देखिएका छन् । रिपोर्टका अनुसार अनन्या र आदित्य डिनर डेटमा गएका थिए ।
छुट्टि मनाएर उनीहरू केही दिन अघि लिस्बनबाट फर्किएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया