प्रेमको चर्चाबीच फेरि एकसाथ देखिए आदित्य र अनन्या
एजेन्सी । बलिउडमा यतिबेला अभिनेता आदित्य रोय कपूर र अभिनेत्री अनन्या पाण्डेको प्रेमको चर्चा छ । हालै पोर्चुगलको एक रेष्टुरेन्टमा सँगै बसेको आदित्य र अनन्याको तस्बिर भाइरल भएको थियो ।
उनीहरू दुई फेरि एकपटक सँगै देखिनुले यो चर्चालाई बल पुर्याएको छ । उनीहरु मुम्बईको बान्द्रामा एउटै कारमा सँगै घुमिरहेका देखिएका थिए । यस क्रममा अनन्याले भने पापाराजीको नजरबाट बच्ने प्रयास गरिन् । अनन्याले अनुहारमा हात राखेर अनुहार लुकाएकी थिइन् । यससँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

तस्बिरमा अनन्या आफ्नो अनुहार लुकाउन कोशिस गर्दैछिन् जबकि आदित्य उनको अगाडि आएका पापाराजीबाट चिन्तित छैनन्। फोटोमा आदित्य मुस्कुराउँदै देखिएका छन् । रिपोर्टका अनुसार अनन्या र आदित्य डिनर डेटमा गएका थिए ।
छुट्टि मनाएर उनीहरू केही दिन अघि लिस्बनबाट फर्किएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया