NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चितवन, दाङ, रुपन्देहीमा भारी वर्षा, नारायणीसहितका नदीमा उच्च बहाव

काठमाडौं । पछिल्लो ३ घण्टामा नवलपरासी, चितवन, दाङ, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने स-साना नदीहरु तथा तिनाउ नदी तथा यसका सहायक, पश्‍चिम राप्ती नदीका सहायक नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ४ बजे सार्वजनिक गरको सूचना अनुसार बुटबलमा तिनाउ नदीले खतरा तह पार गरेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भन्दै दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा परेको वर्षाका कारण नारायणी, बबई र कालीगण्डकीमा पनि पानीको बहाव उच्च पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।

त्यस्तै पाल्पालको जल्पा र देउराली नवलमा पनि अत्यधिक वर्षा मापन भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष