चितवन, दाङ, रुपन्देहीमा भारी वर्षा, नारायणीसहितका नदीमा उच्च बहाव
काठमाडौं । पछिल्लो ३ घण्टामा नवलपरासी, चितवन, दाङ, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ ।
सो क्षेत्र भई बहने स-साना नदीहरु तथा तिनाउ नदी तथा यसका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ४ बजे सार्वजनिक गरको सूचना अनुसार बुटबलमा तिनाउ नदीले खतरा तह पार गरेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भन्दै दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा परेको वर्षाका कारण नारायणी, बबई र कालीगण्डकीमा पनि पानीको बहाव उच्च पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।
त्यस्तै पाल्पालको जल्पा र देउराली नवलमा पनि अत्यधिक वर्षा मापन भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया