अर्जेन्टिना र दक्षिण अफ्रिकाबीच रोमाञ्चक खेल : ५ मिनेटमा अर्जेन्टिनाको २ गोल
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले रोमाञ्चक बराबरी खेलेका छन् ।
आज शुक्रवार बिहान न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको हो ।
खेलमा दक्षिण अफ्रिकाले २ गोलको अग्रता लिएको थियो । तर अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा २ गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो ।
अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए ।
यो बराबरीसँगै दक्षिण एसिया २ खेलमा १ अङ्कसहित समूह ‘जी’ को तेस्रो स्थानमा छ भने अर्जेन्टिना समान अङ्कसहित चौथो स्थानमा छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया