अर्जेन्टिना र दक्षिण अफ्रिकाबीच रोमाञ्चक खेल : ५ मिनेटमा अर्जेन्टिनाको २ गोल
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले रोमाञ्चक बराबरी खेलेका छन् ।
आज शुक्रवार बिहान न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको हो ।
खेलमा दक्षिण अफ्रिकाले २ गोलको अग्रता लिएको थियो । तर अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा २ गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो ।
अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए ।
यो बराबरीसँगै दक्षिण एसिया २ खेलमा १ अङ्कसहित समूह ‘जी’ को तेस्रो स्थानमा छ भने अर्जेन्टिना समान अङ्कसहित चौथो स्थानमा छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया