अवरुद्ध मेची राजमार्ग १९ घन्टापछि सञ्चालन
ताप्लेजुङ । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो ।
ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबाट ठुल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिराले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नविन उप्रेतीले जानकारी दिए ।
सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए । ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया