NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोसीमा कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार गठन गर्न एमाले तयार

काठमाडौं। कोसी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली कांग्रेससंग मिलेर प्रदेश सरकार बनाउन सकिने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसंगको कुराकानीमा उनले कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले तयार रहेको पनि उल्लेख गरे। उनले आफ्नो पार्टीसंग बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार रहेको तर कार्यकाल बाँड्ने कुरामा सहमत नभएको बताए।

देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए। कार्कीले यस विषयमा कुराकानी पनि भइरहेको बताए। उनले भने, ‘प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं। हामी ओपन छौं।’

नेकपा एमाले पनि बहुमत पुर्‍याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने उनले बताए।

यसअघि बिहीबार सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गर्दै साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो। कोसीमा सत्ता गठबन्धनसंग पनि सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। सत्ता गठबन्धनसंग ४६ सिट छ। गठबन्धनमा कांग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन्।

प्रदेशको सबैभन्दा ठुलो दल एमालेसंग ४० र राप्रपासंग ६ सिट रहेको छ। यस अवस्थामा राप्रपाले गठबन्धनलाई सहयोग नगर्ने बताईसकेको छ। तर राप्रपाले एमालेलाई सरकार गठनमा सघाउने हो भने पनि बहुमत पुग्दैन्।

ताजा अपडेट

नेपालवाच विशेष