बाबुराम भट्टराईको प्रश्न: संविधानको रक्षा कसले गर्छ?
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रका नेताहरुले बल प्रयोग गरेर कोसी प्रदेश सरकार निर्माण गरेकोमा त्यसलाई अदालतले सच्याएको बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा उनले जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेको बताउँदै त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा अदालत धन्यवादको पात्र भएको उल्लेख गरेका छन्।
उनले संविधानका निर्माताहरू निजी स्वार्थका लागि त्यसलाई मिच्न लगाउने गरेको समेत लेखेका छन्।
‘तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय/गुटीय÷निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउछन् भने संविधानको रक्षा कसले गर्छ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ? एक पटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको?आफु र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला?’ उनले लेखेका छन्।
पृना शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो..सबैलाई चेतना भया’ भने झैं हामीलाई पनि भन्न मन लाग्छ-“हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो..अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया’!
प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस्…
— Baburam Bhattarai (@brb1954) July 28, 2023
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया