NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोसीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं। कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार दिउँसो बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्। सर्वोच्च अदालतले बिहीबार यसअघिका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एक साताभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो।

सोहिअनुसार प्रदेश प्रमुखले दलहरुलाई बहुमत पु¥याएर १६ साउन साँझ ५ बजेसम्ममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

सर्वाेच्चले बिहीबार गरेको उत्प्रेषण परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। सत्ता गठबन्धनसंग ४६ सिट छ। गठबन्धनमा कांग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन्।

प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेसंग ४० र राप्रपासंग ६ सिट रहेको छ।