कुहिएको अवस्थामा शव फेला, पहिचान गर्न समस्या
बागलुङ । बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ ।
पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।
‘शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो ? पहिचान गर्न सकिएको छैन’, प्रहरी निरीक्षक शर्माले भने, ‘जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेका छौँ, छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएका छौँ तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन ।’
शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गरे । मृतकले लगाएका कपडा सहजरुप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया