NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कोशी सरकार गठन : सभामुखको राजीनामा अन्तिम बिकल्प, मुख्यमन्त्रीमा माओवादीको दाबी?

काठमाडौं। सत्तारुढ दलका शिर्ष नेताहरु कोशीमा नयाँ सरकार गठनका लागि यतिबेला काठमाडौं केन्द्रीत छलफल गरिरहेका छन्।

हिजो र आजगरि बालुवाटारमा छलफल पनि भएका छन्। सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरे।

छलफल खासगरि राप्रपाको समर्थन पाउने कुरामा केन्द्रीत रहेएको जनाइएको छ। खासगरि राप्रपाले समर्थन नगरेको अवस्थामा के गर्ने भनेर पनि छलफल भएको छलफलमा सहभागिले बताएका छन्।

यसबीचमा गठबन्धनको सरकार बन्ने अवस्था आए कसले नेतृत्व गर्ने भन्ने कुराहरु पनि आएका छन्। सञ्चारमाध्याममा माओवादीले मुख्यमन्त्रीमा दावी गरेको आशयका समाचारहरु पनि सार्वजनिक भएका छन्।

तर माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले आफुले मुख्यमन्त्रीमा दावी नगरेको बताएका छन्। नेपालवाचसंग कुरा गर्दै आफुले त्यस्तो दाबी नगरको बताए।

‘त्यस्तो दाबी गरा, गर केहि भएको छैन्। मैले समाचार पढेँ। अहिले त्यसरी दाबी गर्ने भन्ने केहि छैन्। कसरी बहुमत जुटाउँने भन्ने सम्भावनाका बारेमा छलफल भइरहेको छ। त्यसो भा हुनाले जसका नाममा बहुमत जुट्छ, उसैलाई बनाउने भन्ने कुरामा हामी सबैको सहमती नै छ,’ उनले भने।

आङ्बोले माओवादीका नाममा बहुमत जुट्ने अवस्था आए त्यसको नेतृत्व लिने बताए। भइरहेका छलफलमा राप्रपाले खुलेर समर्थन गर्ने कुरा नगरेको पनि उनले बताए।

उनले भने, ‘राप्रपासँग छलफल भइरहेको छ। छलफल सकरात्मक पनि छ। तर खास प्रगति भएको छैन्।’ यदि राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखको राजीनामा अन्तिम बिकल्पका रुपमा रहेको उनले बताए। भोलीसम्ममा टुंगोमा पुगिने उनले बताए।

यता नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले माओवादीको दावी स्वभाविक हुने बताए। उनले यसको निर्णय शिर्ष नेतृत्वले लिने बताए। ‘अहिले छलफल भइरहेको छ। नेतृत्वले जे जस्तो निर्णय गर्छ हामी त्यसलाई स्विकार्न तयार छौँ। हामी सबै लागेर गठबन्धन जोगाउनु छ। अनि मात्रै हामीले पोजिसन क्रियट गर्ने हो,’ उनले नेपालवाचसंग भने।

थापाले सभामुखको राजिनामा बिकल्पका रुपमा रहेको बताए। तर उनले यसमा सभामुख स्वंयम र पार्टी नेतृत्वले निर्णय गर्ने बताए। थापा पनि मुख्यमन्त्रीका दावेदार हुन्।

सर्वोच्चको फैसलाले थापाको नेतृत्वको सरकारलाई साउन ११ गते बदर गरिदिएसँगै नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन्। थापा २१ असारमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो। साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो।

सोहीअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्। कोशीमा सभामुखबाहेक सत्ता गठबन्धनका ४६ र एमाले, राप्रपा गरेर ४६ सांसद संख्या छ। बहुमतको सरकार गठनका लागि ४७ सांसद हुनुपर्ने कानुनी व्यवस्था छ।

ताजा अपडेट

नेपालवाच विशेष