नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता
काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।
जनकपुरधाममा एक समारोहबीच पार्टी एकता गरिएको हो। त्यसक्रममा दुवै पार्टीका शिर्ष नेताहरुले एकता घोषणा गरे।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारूलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफूले साढे ८ बर्षसम्म जेल बस्नु परेको बताए। उनले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया