संसदीय समितिका सभापति चयन नगरिए बैठकमा नआउने एमालेको चेतावनी
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद् मातहतका संसदीय समिति सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।
एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले संसदीय समिति सभापति चयन नभए समितिका आगामी बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन्। भट्टराईले सभामुख देवराज घिमिरेलाई फोनमार्फत यस्तो जानकारी गराएका हुन्।
‘आज हामीले सार्वजनिक लेखा समितिमा कुरा उठायौं र प्रस्ताव पनि पारित भएको छ। सभापति नहुँदा काम प्रभावित भएको छ,’ उनले भने, ’सभामुखलाई यो कुरा जानकारी गराएका छौं। उहाँले सबै दलसँग परामर्श गरेर प्रक्रिया अगाडि बढाउँछु भन्नुभएको छ।’
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया