NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

यसअघि नेपाली कांग्रेसले साउन २ गते देखि सुरु भएको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।

माओवादीको केन्द्रीय कमिटी बैठक यहि साउन १७ गतेबाट बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो।

बैठक ५ दिनसम्म चल्ने माओवादीका सचिव दिनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने बताए। बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गरिने छ।