दावा छिरिङसँग कुनै सम्बन्ध छैन् : बर्षमान पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले सुन तस्करी प्रकरणमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्।
आज बसेको माओवादीको पदाधिकारी बैठकमा पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताउदै समिति बनाउन प्रस्ताव गरेका हुन्। उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको भनेका थिए।
यस्तै उनले अनुसन्धानमा उपयुक्त हुने विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति बनाएर भएपनिे प्रकरणको छानबिन हुनु पर्ने र नेताहरु र तिनका आफन्तहरु वा अपराधमा संलग्नता देखिएकाले सजाय भोग्नुपर्ने रजेल जान तयार हुनुपर्नेमा जोड दिएका थिए।
सुन प्रकरणमा आईतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि बर्षमानसंग उनको सांठगांठ रहेको भन्दै संगैका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
पुनले आजको बैठकमा दावासंग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएका थिए। त्यसक्रममा उनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको बताए।
दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भएको भन्दै पुनले आफ्नोे सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या भएको बताएका थिए।
प्रतिक्रिया