NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

फेरि किन अनसन बस्दैछन् डा केसी ?

काठमाडौं । डा गोबिन्द केसी फेरि अनसन बस्ने भएका छन् । लामो समयदेखि स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षा सुधारको माग राख्दै आएका उनी फेरि सत्याग्रहमा जान लागेका हुन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले आफ्ना पुराना माग सम्बोधन नभएको स्पष्ट पारेका छन् ।

उनले सीटिईभीटीको शुल्क बढाउने निर्णयको खारेजी, हरेक प्रदेशमा मेडिकल कलेजको पहुँच, चिकित्सा शिक्षाका लागि नाफारहित बनाउनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा(विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, सरकारी अस्पतालमा विद्यमान शैया अनुरुप स्थायी दरबन्दीको व्यवस्था, सरकारी संस्थाबाट निशुल्क औषधि उपचार दिनुपर्ने कानुनी प्रावधानको पालनालगायतका माग राखेका थिए ।

यी माग पूरा गर्न उनले आज सरकारलाई १४ दिनको अल्टिमेटम दिएका छन् ।

माग पूरा नभए साउन २९ गतेबाट अनशन बस्ने उनले घोषणा गरेका हुन् । सीटइिभीटिमा भर्ना भएका पार्टीका कार्यकर्ता र माफियाहरूले अवैध रूपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाएको डा केसीको आरोप छ । यसलाई रोक्नका लागि शिक्षा मन्त्रीले पनि केही नगर्नु र उल्टै संरक्षण गर्नुले उनी पदीय जिम्मेवारीबाट च्यूत भइरहेको उनले बताएका छन् ।

पछिल्लो समय आफूहरूले बारम्बार गरेको सत्याग्राहकै कारण विभिन्न सुधार भएपनि धेरै महत्त्वपूर्ण सम्झौता अझै कार्यान्वयनमा आउन नसकेको जनाइएको छ । बरु अघि बढेका सुधारका काम पनि मेडिकल माफियाको स्वार्थमा उल्ट्याउने काम भइरहेको विज्ञप्तीमा उल्लेख छ।

 

ताजा अपडेट

नेपालवाच विशेष