NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रास्वपा घण्टी बजाउँदै आएपछि सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो: रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीको दबाबरमा सरकारले भ्रष्ट्राचारका फाईल खेलेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको बताएका हुन्।

उनले आफ्नो पार्टीको उपस्थितीले सडक देखि सरकारसम्म र बिभिन्न राजनीतिक दलहरुमा चलायमान देखिएको भन्दै त्यो राम्रो संकेत भएको दाबी गरे।

‘जसरी भ्रष्ट्राचारकोविरुद्व बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडी आयो सम्भवतः त्यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्ट्राचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ र लागेकै हुनुपर्छ। ती फाइल अहिले खोलिएन भने २०८४ सालसम्म के हो? के हो? लागेकै हुनुपर्छ,’ उनले भने।

उनले आफ्नो पार्टीले निर्वाचनमा जानु अगाडी उठाएका बिषयहरुमा सरकारले आउने निर्वाचनसम्म धेरै सरसफाई गर्न सके आफनो काम सजिलोसंग नै हुने उल्लेख गरे।

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष