सुनको भाउ बढ्यो, कति पुग्यो?

काठमाडौं। आज सुनको भाउ तोलामा ४ सय रुपैँयाले बढेको छ।
नेपाल बजारमा आज सुन प्रति तोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको थियो।
आज तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया