माधव नेपाललाई धक्का : एमालेमा फर्किए डिल्ली उप्रेती
काठमाडौं। पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेती एमालेमा फर्किएका छन्। सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती पुनः एमालेमा फर्किएका हुन्।
एमाले छाडेका उप्रेतीलाई पुनः पार्टीमा फर्काउन पार्टी सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले पहल गरेका थिए। उप्रेती ०७४ मा एमालेबाट प्रदेश सांसदका उम्मेदवार थिए। त्यसपछि उनी एमाले फुटेपछि माधव नेपालले नेतृत्व गरेको पार्टीमा लागेका थिए।
गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेशको टिकट पाएपनि पराजित भए। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको चर्चा चलेको थियो।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया