केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयनमा कांग्रेस, सङ्गठन सुधार अभियानमा प्रतिनिधि खटाइयो
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ ।
यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिधि खटाइएको हो ।
कांग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।
पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन् ।
कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजनता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा–४ मा राजीव ढुङ्गानालगायत छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया