माओवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने भनिएपनि २ घण्टा पर सारिएको थियो। बैठक १ बजेबाट सुरु भएको हो।
केन्द्रीय कमिटी बैठकअघि माओवादीले स्थायी कमिटी बैठक बोलाएको थियो। पाँच दिनसम्म चल्ने बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने भनिएपनि स्थायी कमिटी बैठकले नगर्ने निर्णय गरेको थियो।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने छ।
माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म समय दिने माओवादीले जनाएको छ।
प्रतिक्रिया