NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले के भने ?

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको बताएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले माओवादी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन् ।

त्यसक्रममा उनले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यही बैठकबाट थाल्नु पर्नेमा जोड दिए ।

यस्तै प्रचण्डले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताए। पार्टीले सरकारको नेतृत्व गर्दा सकारात्मक र रचनात्मक काम गरेको दाबी उनको थियो ।

प्रचण्डले विकास र परिमार्जनसहित समाजवादी मोर्चा हुँदै पार्टी एकताको जमर्कोसम्म गरेको बताए ।