NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार, भट्ट र चौधरी बने मन्त्री

काठमाडौं। सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन्।

भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। नवनियुक्त मन्त्रीहरुको अहिले केहिरबेरमा प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण हुन लागेको छ।

ताजा अपडेट

नेपालवाच विशेष