NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

वैकल्पिक शक्ति बनाउँछौँ भन्नेले भोटको सस्तो राजनीति गरे : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यशैलीप्रति टिप्पणी गरेका छन् ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनुपर्ने तर अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको उनले बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रवि लामिछानेको कार्यशैली प्रति प्रश्न गरेका हुन् । रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि निस्शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ ।’

अन्य देशको तुलनामा नेपाली महिलाहरु स्वतन्त्र र सक्षम भइसकेको बताउँदै उनले भनेका छन्, ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ?’

चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न पनि नेता पोखरेलले आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष