एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।
एमालेले आजको बैठकमा उठेर विरोध जनाउनेक्रम जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सैनाले बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक यहि साउन २२ गतेका लागि बोलाइएको छ । सोहि दिन प्रतिनिधिसभा बैठक पनि बोलाइएको छ ।
बिहीबारको राष्ट्रियसभा बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष तिमिल्सिनाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए ।
सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहो¥याए ।
उनले बोलिसक्नासाथ एमालेका सांसदहरूले उठेर सदनमा विरोध जनाएका थिए। सभाध्यक्ष तिमिल्सिनाले एमाले सांसदहरूलाई पटक पटक बस्न आग्रह गरे पनि उनीहरू बसेनन्।
एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया