NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सहकारी पीडितले सडक बन्द गरेपछि प्रहरीको हस्तक्षेप

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको पीडितहरुको जुलुसलाई प्रहरीले बिजुलीबजारमा रोकेको थियो ।

त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेपछि हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।

प्रदर्शनकारीहरू नयाँबानेश्वर पुगेका छन्। त्यहाँ निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी प्रयासरत छन् भने उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उनीहरूले आफूहरूको वचत रकम फिर्ता गराउन राज्यले पहल गर्नुपर्ने माग गरेका छन् ।