NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

प्रस्तावित ६ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं। संसदीय सुनुवाइ समितिले ६ जनालाई राजदूतमा सर्वसम्मत अनुमोदन गरेको छ ।

बुधबार र बिहीबार गरि दुई दिनसम्मको केरकारपछि सरकारले विभिन्न देश तथा कूटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ६ जना उपर ५ वटा उजुरी परेका थिए । प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा परेका ५ वटा उजुरीमध्ये ३ वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्तिकेन्द्रित रहेका थिए।

गत २६ असारको मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदित राजदूतलाई राष्ट्रपतिले नियुक्त गरेपछि सम्बन्धित मुलुकमा जिम्मेवारी लिन जानेछन्।

 

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष