एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक जारी छ ।
यसअघि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्यूरो बैठक भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म बस्ने तय भएको छ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया