एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य सुबास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेको उनलाई पार्टी साधाहरण सदस्य समेत नरहनेगरी पार्टीबाट निकालेको हो।
शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले निष्कासन गरेको हो। कर्माचार्य पार्टी नीति, कार्यक्रम तथा संगठनविपरित क्रियाकलापमा संलग्न रहेकाले निष्कासन गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनलाई यस्ता क्रियाकलाप नगर्न अनेकौं पटक सम्झाउँदा पनि पार्टी हितका विरुद्धका गतिविधि गर्न नरोकेकाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया