NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

रुसले ब्लड ट्रान्सफ्युजन सेन्टरमा बम खसालेको युक्रेनको दाबी

काठमाडौं । रुसले उत्तरपूर्वी क्षेत्रमा रहेको रगत ट्रान्सफ्युजन सेन्टरमा आक्रमण गरेको दाबी युक्रेनले गरेको छ । आक्रमणमा कैयौंको ज्यान जानुको साथै धेरै घाइते भएको जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले आफ्नो देशको ब्लड सेन्टरमा हवाई बम प्रहार गरेको बताए ।

तर उनले यो हमलामा कति जनाको ज्यान गएको छ र कति घाइते भएका छन् भन्ने खुलाएका छैनन् ।

शनिबार राति खार्किभ क्षेत्रमा कुपियान्स्क समुदायमा आक्रमण गरेपछि उद्धारकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेको पनि उनले बताएका छन् ।

उनले जीवनको मूल्य जान्नेहरूका लागि आतंकवादीहरूलाई पराजित गर्नु सम्मानको कुरा भएको बताए ।

रुसले यस आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमा गरेको पोस्टमा अपराधीहरूलाई जनावरसँग तुलना गर्दै अपराधले नै रुसी आक्रमणको बारेमा सबै कुरा बताएको बताए ।

एजेन्सी